Swornakshar Logo

दशै ,तिहार,छठ र नेपाल सम्वतको अवसरमा सिआनले गर्यो चियापान

१० कार्तिक । हेटौडा । दशै तिहार,छठ र नेपाल सम्वतको अवसरमा सिआन पुर्नस्थापना केन्द्रले चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ ।
आज हेटौडामा केन्द्रले चियापान कार्यक्रम गरेको थियो । उक्त कार्यक्रममा हेटौडा उपमहानगरपालिका ९ का वडा अध्यक्ष लक्ष्मण प्रसाद भण्डारी र विशेष अतिथि साझा पार्टी मकवानपुरका राजनै मैनाली रहेका थिए ।


कार्यक्रममा ९ नं मा रहेको रातामाटे चेकपोष्ट अझै बारा र मकवानपुरको सिमानामा राख्न आफुल. पहल गरीरहेको बताए ।


केन्द्रले लागूऔषध दुव्र्यसनमा परेका व्यक्तिहरुलाई पुनस्थापन गरीरहेको छ । केन्द्रको अध्यक्ष दिपु लामाले आफुहरुले दुव्र्यसनमा परेकाहरुलाई पुन समाजमा फर्काउने काम गरीरहेका छौ । यसमा विभिन्न व्यक्तिहरुले सहयोग गरीरहेका छन् । सबै भन्दा बढी सहयोग वडा अध्यक्ष भण्डारीले गरेको बताए ।
जागरण मिडियाका अध्यक्ष मिना श्रेष्ठले लागूऔषध दुव्र्यसन भनेको व्यक्ति र परिवारको मात्र समस्या नभई राष्टिय र अन्तराष्टिय समस्या भएको हुदा यसलाई निउनी करण गर्न सरका नै लाग्नु पर्ने बताए ।