Swornakshar Logo

भरतपुर नेपालकै पहिलो सडक मानवमुक्त महानगर

९ कार्तिक । चितवन । चितवनको भरतपुर महानगरपालिका नेपालकै पहिलो ‘सहयोगापेक्षी, वेसहारा, अभिभावकविहीन सडक मानवमुक्त’ महानगर घोषणा भएको छ । शनिबार प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले भरतपुरलाई नेपालकै पहिलो ‘सहयोगापेक्षी सडक मानवमुक्त महानगर’ घोषणा गरेका हुन् ।


प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले ठुला ठुला भौतिक संरचना र विकास निर्माणले मात्रै समृद्धि प्राप्त नहुने बताएका छन् । उनले ुसुखी नेपाली, समृद्ध नेपाल आर्थिक तथा भौतिक सम्पन्नता मात्र नहुने भन्दै मानवियता नै समृद्धि र विकास भएको बताए । उनले भने, ुसमृद्धि केवल ठुला घर र भवन मात्र हैन, सामाजिक कुराहरु पनि हुन, मानवियता पनि जोडिएर आउँछ ।ु मुख्यमन्त्री पौडेलले महानगरलाई मात्रै सडक मानवमुक्त घोषणा गरेर समस्या समाधान नहुने बताए । उनले छिमेकी जिल्ला, नगरपालिका, गाँउपालिकालाई पनि क्रमशः सहयोगापेक्षी सडकमानवमुक्त घोषणा गर्दै जानुपर्ने बताए । उनले मानव सेवा आश्रमले गर्दै आएको यो मानविय सेवाको दायित्व सरकारले लिनु पर्नेमा जोड दिए । ुउनले भने–‘तीनै तहको सरकारले दायित्व लिनु पर्छ ।’

भरतपुर महानगरकी प्रमुख रेनु दाहालले ‘सहयोगापेक्षी, वेसहारा, अभिभावकविहीन सडकमानवमुक्त’ महानगर घोषणासँगै यसलाई निरन्तरता दिनु चुनौतीपूर्ण रहेको बताएकी छन् । उनले भनिन्, ुभरतपुर सडक मानवमुक्त घोषणा भएको छ, तर यसलाई सार्थक बनाउन सबैको साथ र सहकार्यको आवश्यकता हुन्छ।ु उनले भनिन्, ुसबैका लागि खाना, नाना र छाना सरकारले मौलिक हकमा राखेको छ यसको परिपूर्ती गर्नु हाम्रो जिम्मेवारी हो ।

घोषणा भएसँगै यसको प्रभावकारी कार्यन्वयनको लागि भरतपुर महानगरपालिका, जिल्ला प्रशासन कार्यलय, जिल्ला प्रहरी कार्यलय र मानव सेवा आश्रमबीच चौपक्षिय सहमती भएको छ । जिम्मेवारी र दायित्व बाँडफाड गर्दै उक्त सम्झैता भएको हो ।

मानव सेवा आश्रमले संचालन गरेको अभियानले सार्थकता लिएको भन्दै उनले महानगरको तर्फबाट हाललाई सडकमा भेटिएका मानवलाई मानव सेवा आश्रममा राख्ने र आश्रमको घर भाडा महानगरले बेहोर्ने बताइन् । उनले मानवसेवा आश्रमको सहजताको लागि चौथो नगर सभाबाट सवारी साधन प्रदान गर्ने निर्णयसमेत भएको बताएकी छन् । साथै चितवनमा सडकमानवको समस्या पहिचानका लागि स्क्रिनिङ सेन्टर निर्माण गर्ने उनले बताइन ।

सहयोगापेक्षी सडक मानवमुक्त महानगर निर्माणको लागि २७ असोजदेखि बेलुका ८ देखि ११ बजेसम्म महानगरका विभिन्न क्षेत्रका सडकपेटी एवं सार्वजनिक स्थलहरुमा उद्धार एवं परामर्श सेवा सुरु गरिएको थियो ।

यसै क्रममा हालसम्म तीन सय जनालाई उद्धार गरिएको मानव सेवा आश्रमका अध्यक्ष रामजी अधिकारीले जानकारी दिए । उद्धार गरिएकामध्ये वास्तविक संरक्षण दिने खालका जम्मा १० जना मात्र रहेको उनले बताए । संकलित तथ्याङ्क अनुसार बाँकी व्यक्ति मद्यपान सेवान गरी बसेका, गाँजा, लागु औषध दुव्र्यसन गरेका, तेस्रो लिंगी रहेका छन् ।

कार्यक्रममा उद्योग वाणिज्य संघका अध्यक्ष सहनलाल प्रधानले मानव सेवा आश्रमले भरतपुर महानगरपालिका ३ मा बनाउन लागेको भवनको एक कोठा संघबाट बनाइदिने प्रतिवद्धता जनाएका छन् ।

कार्यक्रममा वीरगंज महानगरपालिका प्रमुख विजयकुमार सरावगी, नेकपा चितवनका अध्यक्ष यम बहादुर परियार, नेपाली कांग्रेस चितवनका सचिव उत्तम जोशी, उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष सहनलाल प्रधान, समाजसेवी प्रभातकुमार जोशीलयागतले मन्तव्य राखेका थिए । घोषणापूर्व सयौंको संख्यामा शोभायात्रा मार्फत नारायणगढ बजार परिक्रमा गरिएको थियो ।