Swornakshar Logo

मकवानपुर प्रहरीद्वारा थरी थरीका पटका वरामद

६ कार्तिक । हेटौंडा । जिल्ला प्रहरी कार्यालय मकवानपुरले कुकुर सहित हेटौंडाका सवारीका साधनमा चेकजाँच गरेको छ । तिहारको समयमा भारतको रक्सोलबाट पटका भित्रन थालेपछी प्रहरीले आज कुुकुर सहित बिभीन्न सवारीका साधन चेकजाँच गर्दा पटका फेला पारेको हो ।

मकवानपुर प्रहरीले हेटौँडा उपमहानगरपालिका वडा नम्बर १४ चुरियामाई स्थितमा बस, ट्रक, सुमो, मोटरसाईकल गरी ६१ वटा सवारीसाधन चेकजाचँ गर्दा विभिन्न थरीका बिष्फोटक पदार्थ ९पटका० का बरामद गरेको हो । प्रहरीले आलु बम–१७ प्याकेट, बुलेट बम–१० प्याकेट, नागिन पटका–११ प्याकेट, रकेट बम–२५ पिस, झिरझिरे–१५० पिस, थ्री–स्टार क्रेकर–१२ प्याकेट बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी उपरीक्षक मुकेश कुमार सिंहको कमाण्डमा खटिएको प्रहरी टोलीले तिहारका लागि ल्याइएका पटकाहरु वरामद गरेको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी निरीक्षकको संयुक्त कुकुरसहितको विशेष चेकिङ टोलीले उक्त परिणामको पटका बरामद गरेको हो ।