Swornakshar Logo

प्रदेश सरकारले मकवानपुरमा दूधको पाउडर प्लान्ट निर्माण गर्ने

३ कार्तिक । हेटौंडा । प्रदेश–३ सरकारको लगानीमा मकवानपुर जिल्लामा दूधको पाउडर प्लान्ट निर्माण गर्न लागिएको हो ।

दूधको पाउडर प्लान्ट प्रदेशको भूमि व्यावस्था, कृषि तथा सहकारी मन्त्रालयले बहुवर्षिय योजना वनाएर निर्माण गर्ने तयारी गरेको हो । प्रदेशका भूमि व्यावस्था, कृषि, तथा सहकारी मन्त्री दावा दोर्जे लामाका अनुसार मकवानपुरमा निजी क्षेत्र, सहकारी र दुध विकास संस्थानको साझेदारीमा पाउडर प्लान्ट निर्माण गर्न लागिएको बताए ।

प्रदेश सरकारले पाउडर प्लान्टका लागि चालु आर्थिक वर्षको वजेटमा ५० लाख रुपैयाँ छुट्याएको छ । हरेक वर्ष लगानी गर्ने तयारीका साथ निर्माण गर्न लागिएको हो । मन्त्री लामाका अनुसार दूधको पाउडर प्लान्ट निर्माण गर्दा प्रदेश सरकारले ५१ प्रतिशत लगानी गर्ने र अरु निजी, सहकारी क्षेत्रबाट लगानी गरेर काम गर्ने तयारी गरिएको बताए । प्लान्ट निर्माण गर्दा मकवानपुरको कुन स्थानमा गर्ने भन्ने तय भएको छैन ।

यता निजी क्षेत्र भने सरकारको ४९ प्रतिशत र आफुहरु ५१ प्रतिशत लगानी गर्ने दाउमा रहेका छन् । त्यसैले पनि तत्काल काम सुरु गर्नका लागि प्रदेश सरकारलाई समस्या रहेको छ ।