Swornakshar Logo

अक्टोबर वा नोभेम्बरतिर भारतसँग युद्ध हुन सक्छ : पाकिस्तानी मन्त्री अहमद

जम्मू-कश्मीरकाे विशेषाधिकार खाेसिएपछि भारत-पाकिस्तानकाे सम्बन्ध थप चिसिँदै गएकाे छ । यसैक्रममा पाकिस्तानका रेलमन्त्री शेख रशीद अहमदले अबकाे केही महिनामै भारतसँग युद्ध हुन सक्ने बताएका छन् । उनले आउँदाे अक्टोबर वा नोभेम्बरतिर भारतसँग युद्ध हुन सक्ने बताएका हुन् ।

बिबसीका अनुसार उनले पत्रकारहरुसँग बाेल्दै अक्टुबरको अन्त्यतिर वा नोभेम्बर-डिसेम्बरतिर भारत र पाकिस्तानबीच युद्ध हुने आफूले महसुस गरिरहेकाे बताएका छन् । उनले भनेका छन्, ‘युद्ध भइहाल्याे भने जनतालाई तयार पार्न लागेका छाैँ । युद्ध हुन्छ नै भन्ने त छैन तर मोदीलाई सम्झाउन अरू ठूला मानिसले गरेको जस्तो गल्ती म गर्ने पनि छैन ।’

२४/२५ करोड मुसलमानले पाकिस्तानको मुख ताकिरहेकाे उनले बताएका छन् । साथै सबै मतभेदलाई पन्छाएर आफूहरु एकजुट भई कश्मीरी जनताकाे समर्थनमा लाग्नुपर्नेमा जाेड दिएका छन् ।

यसैबीच पाकिस्तानी नेताहरूका चर्का टिप्पणीप्रति बिहीवार भारतीय विदेश मन्त्रालयले कडा प्रतिक्रिया दिएको छ । विदेश मन्त्रालयका प्रवक्ता रवीश कुमारले एक पत्रकार सम्मेलनमा पाकिस्तानको तर्फबाट निकै गैरजिम्मेवारपूर्ण वक्तव्य आइरहेकाे भन्दै आपत्ति जनाए ।

यसअघि पाकिस्तानी प्रधानमन्त्री इमरान खानले भारतसँग युद्धकाे अवस्था आयाे भने त्याे आणविक युद्ध नै हुन सक्ने अभिव्यक्ति दिएका थिए ।