Bagmati Samachar Logo

प्रधानमन्त्री ओलीमा उपचारका लागि सिंगापुर जाँदै

५ भदौ । काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्योपचारका लागि आज सिंगापुर जाँदैछन् ।
यसअघि एकसाता लामो समय उपचार गराएर २७ साउनमा फर्किएका ओली पुनः उपचारका लागि सिंगापुर जान लागेका हुन् ।

यसअघि उपचारका क्रममा दुई साइकल औषधी चलाइएको र थप एक साइलक तीन साताको बीचमा चलाउनुपर्ने भएकाले चिकित्सकको सल्लाहअनुसार सिंगापुर जान लागेको ओलीलाई औषधीको साइड इफेक्ट समेत देखिएको बताइएको छ ।

औषधीको साइड इफेक्टका कारण ज्वरो आउने, टाउँको दुख्नेजस्ता समस्या देखिएको बताइएको छ ।

सिंगापुरस्थित नेशनल युनिभर्सिटी अस्पतालमा उपचार गराउँदै आएका ओलीको १२ वर्षअघि मृगौला प्रत्यारोपण गरिएको थियो ।