Swornakshar Logo

एक सय तीन केजी गाँजासहित पाँच जना प्रहरीको फन्दामा

मकवानपुर । जिल्ला प्रहरी कार्यालय, मकवानपुरले बेग्लाबेग्लै स्थानबाट १ सय ३ केजी लागुऔषध गाँजासहित पाँच जनालाई नियन्त्रणमा लिएको छ । आज हेटौंडामा जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको छ ।

प्रहरीले हेटौँडा उप–महानगरपालिका वडा नम्बर १५ रातोमाटे चेकपोष्टमा हेटौँडाबाट बिरगञ्जतर्फ जाँदै गरेको भारतीय नम्बरको एच आर ५१ एल ५२४१ को भारतीय कारलाई जाँच गर्दा २१ केजी ५ सय ग्राम गाँजासहित सो सवारीमा यात्रारत भारतीय नागरिकहरु कार चालक मुकेश सहनी, सोही स्थानका राजकुमार, भारत मोतिहारीका ओमप्रकाश चौधरी र नेपाल पर्सा जिल्लाका जितेन्द्रप्रसाद यादवलाई पक्राउ गरि आवश्यक कारबाही शुरु गरेको मकवानपुरका प्रहरी प्रमुख मुकेशकुमार सिंहले जानकारी दिएका छन् ।

पत्रकार सम्मेलन मार्फत ८१ किलो ७ सय ग्राम केजी गाँजासहित सप्तरी जिल्लाका घुरण साहलाई पश्चिम मकवानपुरको राक्सीराङ गाउँपालिका वडा नम्बर ३ पलाँसेबाट नियन्त्रणमा लिइएको जनाएका छन् । प्रहरीका अनुसार नियन्त्रणमा लिइएको साह सो स्थानमा उक्त परिमाणको लागूऔषध गाँजा अन्यत्र लैजान आफूले बोलाएको सवारी पर्खिरहेको अवस्थामा पक्राउ गरेको बताइएको छ ।

पक्राउ परेका उपर आगुऔषध नियन्त्रण ऐन २०३३ बमोजिम २ देखि १० बर्षसम्म कैद र १५ हजारदेखि १ लाख रुपैयासम्म जरिवाना हुने जनाइएको छ ।