Swornakshar Logo

प्रधानमन्त्री ओली भोलि मात्रै स्वदेश फर्कने , सिंगापुर बसाई एक दिन लम्बियो

सुनिल गिरी

साउन २६ । काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको सिंगापुर बसाई एक दिन लम्बिएको छ । नियमित स्वास्थ्य परीक्षणका लागि सिंगापुर गएका प्रधानमन्त्री ओलीको परीक्षण रिपोर्टको विस्तृत विवरण नआएपछि आज स्वदेश फर्कने कार्यक्रम स्थगित भएको हो ।

प्रधानमन्त्री ओली भोलि सोमवार दिउसो थाइ एअरको नियमित उडानमार्फत काठमाडौं आउने धानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले बताए ।
यसअघि प्रधानमन्त्री ओली आज दिउसो स्वदेश फर्कनेकार्यक्रम रहेको थियो । चिकित्सकको सल्लाहमा प्रधानमन्त्री ओली एक दिनथप सिंगापुर बस्ने छन्। स्वास्थ्य परीक्षणमा प्रधानमन्त्री ओली स्वस्थ देखिए पनि मृगौला पत्यारोपण पछिको समग्र पक्षमा परीक्षण गरिएको कारण समय लम्बिएको जनाएको छ ।

प्रधानमन्त्री ओली गत साउन १८ गते नियमित स्वास्थ्य परीक्षणका लागि सिंगापुर गएका थिए ।

प्रधानमन्त्री ओलीको साथमा पत्नी राधिका शाक्य, निजी चिकित्सक दिब्यासिंह शाह, मुख्य सल्लाहकार बिष्णु रिमाल, जनसम्पर्क सल्लाहकार अच्यूत मैनाली र स्वकीय सचिव राजेश बज्राचार्य तथा सुरक्षाकर्मीहरु रहेका छन ।