Swornakshar Logo

ब्राउन सुगरसहित सेनाका मेजर पक्राउ

प्रतिनिधि तस्बिर

प्रतिनिधि तस्बिर

२५ साउन । इटहरी । ब्राउन सुगरसहित नेपाली सेनाका मेजर पक्राउ परेका छन् । सेनाका मेजर अजित प्रताप सिंहलाई सेनाको पूर्वी पृतना हेडक्वाटर इटहरी छेउबाट इलाका प्रहरी कार्यालय इटहरीको टोलीले पक्राउ गरेको हो।

पूर्वी पृतना हेडक्वाटर इटहरीमा कार्यरत सिंहको साथबाट डेढ ग्राम ब्राउन सुगरसमेत बरामद भएको छ। उनीबाहेक थप दुईजना पक्राउ परेपनि उनीहरुको संलग्नताबारे छानबिन भइरहेको प्रहरीले बताएको छ। सिंह भने लामो समयदेखि कारोबारमा संलग्न रहेको बताइएको छ।

सिंह नेपाली सेनाका अधिकारी भएपनि प्रहरीले भने उक्त विषय खुलाएको छैन। इलाका प्रहरी कार्यालय इटहरीका डीएसपी समीरचन्द्र खरेलले भने, ‘लागु औषधसहित सिंहलाई पक्राउ गरिएको हो, उनको अरु संलग्नता अहिले नभनौं।’।

पक्राउ परेकाहरुबारे थप अनुसन्धान भइरहेको बताइएको छ।