Swornakshar Logo

उपराष्ट्रपति पुनको एक महिनाको तलब क्यान्सर पीडितलाई

सुनिल गिरी

२३ साउन । काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले क्यान्सर पीडितलाई आफ्नो एक महिनाको तलब रकम सहयोग गरेका छन्।
बिहीबार क्यान्सर पीडितका लागि ‘नेपाल क्यान्सर सहयोय अभियान’लाई एक महिनाको तलब बराबरको रकम हस्तान्तरण गरेका हुन्।
उपराष्ट्रपति पुनले कर र अन्य कट्टी भई पाउने एक महिनाको तलब रकम ६२ हजार क्यान्सर सहयोग अभियानका अध्यक्ष सुदीप श्रेष्ठलाई हस्तान्तरण गरे। उनले केही दिनअघि नेपाल क्यान्सर सहयोग समूहले आयोजना गरेको कार्यक्रममा आफ्नो एक महिनाको तलब क्यान्सर पीडितलाई सहयोग गर्ने घोषणा गरेका थिए।

उपराष्ट्रपति पुनले रकम हस्तान्तरण गर्दै क्यान्सर पीडितलाई सबैले सहयोग र माया गर्नुपर्ने बताए।
सहयोग रकम लिंदै क्यान्सर सहयोग अभियानका अध्यक्ष श्रेष्ठले उपराष्ट्रपतिको सहयोगबाट क्यान्सर पीडितलाई उत्साह जगाउने बताए। उनले क्यान्सर पीडितलाई राज्यले सहयोग गर्नुपर्ने बताए।