Swornakshar Logo

हेटौंडा अस्पतालमा रगत परिक्षण गर्ने नयाँ प्रविधि ल्याइयो

१३ साउन । हेटौंडा अस्पतालमा रगत जाच्ने नयाँ प्रविधि भित्रिएको छ । अस्पतालमा बिरामीको चाप बढेसंगै प्रबिधि भित्रदै गएको हो । साउन देखि अस्पतालमा छिटो र सहज रुपमा रक्त परिक्षण गर्नका लागि फुली बायोकेमेस्ट्री मेसिन भित्रयाइएको छ । यो मेसिन भित्रीएसंगे एक घण्टामा ४ सय जना बिरामीको रक्त परिक्षण गर्न मिल्ने भएको अस्पताल बिकास समितिका अध्यक्ष प्रकास पौडेलले बताउनुभयो ।

आजै हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले यसै प्रबिधिमा रक्त परिक्षण गराएका छन् । रक्तपरिक्षण गर्ने प्रबिधिसंगै रक्त परिक्षणको रिपोर्ट भने बिरामीको इमेलमा पठाउने व्यावस्था पनि सुरु भएको छ । आज मेयर महतले गराएको रक्तपरिक्षणको रिपोर्ट उनकै इमेलमा प्राप्त गरिएको थियो । नौ लाख रुपैयाँ लागतमा यो मेसिन खरिद गरेसंगै थप रगत परिक्षणमा सहज भएको कर्मचारीहरु बताउँछन् ।

यसैगरी ब्लड फल्चरको लागि ३ देखि ५ दिन सम्म लाग्ने भएपनि अव भने रगत पोजेटिभ भएमा ६ घण्टामानै रिपोर्ट दिन सकिने अध्यक्ष पौडेलले बताए। यो प्रबिधिबाट अस्पतालमा तीन महिना देखि काम भईरहेको छ । अस्पतालमा केही जनसक्तिको भने अभाव रहेको छ । पछील्लो समय अस्पतालमा बिरामीको सख्या बृद्धी भएसंगै छिटो छरितो रुपमा उपचार गर्ने र ल्यावमा प्रविधि पनि भित्रयाइएको हो ।