Swornakshar Logo

थाहा नगरपालिकाले रुपचन्द्र विष्टको “थाहा दर्शन” विद्यालयमा पढाउने

२६ असार । हेटौडा । थाह आन्दोलनका प्रेणता रुपचन्द्र विष्टको विचार थाहा दर्शनलाई मकवानपुरको थाहा नगरपालिकाले अब विद्यालय शिक्षामा समावेश गर्ने भएको छ । थाहा नगरपालिकाले नगरसभावाट सो विषय पारित गरेको छ ।

थाहा नगरपालिकामा जन्मेर नेपालभर जनवादको विषयमा वकालत गर्दै हिडेका विष्टले प्रतिपादन गरेको थाहा दर्शनबाटै नगरपालिकाको नाम समेत राखिएको हो ।
विद्यालय शिक्षामा रुपचन्द्र विष्टको दर्शनले विद्यार्थीहरुमा सकारात्मक प्रभाव पार्ने भएको कारण आफुहरुले विद्यालय स्तरमा उक्त विषको लागि अध्ययनको स्विकृत दिएको थाहा नगरपालिकाका मेयर लवशेर विष्टले बताए ।

रुपचन्द्र विष्ट थाहाको मात्र नभएर नेपालभरकै जनविश्वास जितेका नेता भएको भन्दै उनको जीवनी तथा दर्शनलाई विद्यालय स्तरबाट नै अध्यापन गराउनु पर्ने बताए ।
विद्यालयमा अध्यापनको लागि कस्तो खाले विषयहरु, स्कुलका विद्यार्थीहरुको लागि कस्तो प्रकारले पाठ्यक्रम निर्धारण गर्ने भन्ने विषयमा चाँडैनै निर्णय हुने र काम सुरु भैहाल्ने समेत उनको भनाई रहेको छ ।