Swornakshar Logo

लागुऔषध नियन्त्रण सबैको पहलामामात्र संभव छः प्रमुख जिल्ला अधिकारी

११ असार । हेटौडा । मकवानपुरका प्रमुख जिल्ला अधिकारी स्मान तामाङ्ले लागूऔषध नियन्त्रण गर्नका सबै मिलेर जानु पर्ने बताए । उनले नियन्त्रण गर्नकोलागि प्रशासन र प्रहरीले मात्र नसक्ने भएकाले स्थानीय तह संगै आम नागरिक समाज लाग्नुपर्ने बताए । जिल्ला स्तरीय लागुऔषध नियन्त्रण अभियान मकवानपुरले आज लागूऔषध दूरुपयोग तथा ओसारपसार अन्तर्राष्ट्रिय कार्यक्रम गरेको थियो ।
लागु औषधको प्रयोगले कसैको पनि भलो नगर्ने भन्दै लागु औषध प्रयोगलाई निरुत्साहित गर्न सबै समुदाय एक भएर लाग्नु पर्ने समय आएको सहभागीले बताए। लागूऔषध दुरुपयोग तथा अबैध ओसार पसार बिरुद्धको अन्तराष्ट्रिय दिवसको अवसरमा हेटौँडामा भएको प्रभातफेरी तथा कोणसभामा सहभागिहरुले लागु औषधले एक ब्यक्ति हुँदै समाज र सिंगो देशको भलो नगर्ने बताए ।

चालु आर्थिक बर्षमा मात्र मकवानपुरको राक्सीराङ्, कैलाश, बकैयाँ लगायतका गाउँपालिकामा ३ सय ४२ बिगाहा क्षेत्रफलको गाँजा नष्ट तामाङले बताए ।
कोणसभा अघि जिल्ला प्रहरी कार्यालय मकवापनुरबाट सुरु गरिएको प्रभातफेरी बाईपास रोड, बसपार्क क्षेत्र, टिसिएन रोड हुँदै बुद्धचोकमा आएर सभामा परिणत भएको थियो ।
कार्यक्रममा प्रदेश नम्बर ३ को आन्तिरिक मामिला तथा कानुन मन्त्रालयका उपसचिब बालकृष्ण निरौला,जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरिक्षक मुकेश कुमार सिंह लगाएतको सभागिता रहेको थियो ।