Swornakshar Logo

लागुऔषध ओसारपसार चुनौतीपूर्ण बन्यो : गृहमन्त्री बादल

काठमाडौं । गृहमन्त्री रामबहादुर थापा बादलले नेपालका लागि लागुऔषध दुरुपयोग तथा ओसारपसार चुनौतीपूर्ण बन्दै गएको बताउनु भएको छ ।

लागुऔषध दुरुपयोग तथा ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा बुधबार काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै लागुऔषध समस्या र अन्तरनिहित चुनौतिको तुलनामा हाम्रा प्रयासहरू पर्याप्त नभएको बताउनुभएको हो ।

नेपालको भौगोलिक परिस्थिति, खुल्ला सिमानाका कारण पनि लागुऔषध दुरुपयोग र ओसारपसारको समस्या चुनौतीपूर्ण रहेको भन्दै सरकारले कानुन कार्यान्वयन गर्ने सुरक्षा निकाय र संस्थागत निकायको क्षमता अपेक्षित रूपमा विकास गर्न नसकेको, अपराधको निगरानी, सूचना प्रणाली, अनुसन्धानलाई वैज्ञानिक र स्रोत साधन सम्पन्न पार्न नसकेको गृहमन्त्रीले स्वीकार गर्नुभएको थियो ।