Swornakshar Logo

एसईईको नतिजा सार्वजनिक हुँदै

१० असार । काठमाडौं । यस वर्षको एसईई परीक्षाको नजिता भोलि (बुधबार) सार्वजनिक गरिने भएको छ ।

राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय भक्तपुरका अनुसार यस वर्षको एसईई परीक्षा नतिजा प्रकाशनको अन्तिम तयारी सकिएकाले भोलि नै नजिता सार्वजनिक गर्ने तयारी गरिएको हो ।

‘हामीले सबै तयारी सकेका छौं, भोलि नै या केही समस्या परेको खण्डमा पर्सिसम्ममा नतिजा सार्वजनिक भइसक्छ,’ पनिकाका एक उच्च अधिकारीले भने । उनका अनुसार गत वर्षझैं यस वर्ष पनि ग्रेडङ प्रणालीबाट नतिजा प्रकाशन हुनेछ ।

एसईईको नजिता यसपटक परीक्षा बोर्डको वेबसाइटका अतिरिक्त विभिन्न १९ वटा सर्टकोड र वेबसाइटबाट हेर्न सकिनेछ ।

बोर्डका अनुसार एसईईको नतिजा हेर्न मोबाइल फोनबाट सिम्बोल नम्बर टाइप गरेर एसएमएस गर्दा आउने व्यवस्था मिलाइएको छ । यसका लागि ३१००३, ३१००७, ३४९४९, ३५००१ र १६०० मा एसएमएस पठाउनुपर्नेछ ।

यसका अतिरिक्त शिक्षा मन्त्रालयको वेबसाइट, परीक्षा नियन्त्रण कार्यालय, अनलाइन खबर, इडीयू सञ्जाल, नेपाल टेलिकम, एनसेल र कान्तिपुर पब्लिकेसनको वेबसाइटबाट समेत नतिजा हेर्न सकिने व्यवस्था छ ।

यसरी हेर्न सकिन्छ नतिजा