Swornakshar Logo

ठूलो परिणाम लागुऔषधसहित ६ जना थानकोट प्रहरीको नियन्त्रणमा

 महानगरीय प्रभाग नागढुंगाले लागुऔषधसहित ६ जनालाई पक्राउ गरेको छ । राजधानीको प्रवेशद्वारमा छुटा छुट्टै चेक जाँच गर्ने क्रमा ठूलो परिणाममा उनीहरूलाई लागुऔषधसहित पक्राउ गरेको हो ।

महानगरीय प्रहरी बृत्त थानकोटका प्रमुख प्रहरी नायव उपरीक्षक कुमार बिक्रम थापाले धरानबाट काठमाडौँतर्फ आउँदै गरेको ना ७ ख ५९५९ नम्बरको को यात्रु बाहक बसबाट भारत विहार मधुवनि जिल्ला लौखा थाना वडा नं. १० मझौरा घर हुुने वर्ष १९ को महम्मद सविरलाई पक्राउ गरेको बताए ।

थापाका अनुसार उनकाे साथबाट लागुऔषध डाईजेल्याब १०० एम्पल, फेनारगन १०० एम्पल, नुफिन १०० एम्पल फेला परेको छ । थानकोट प्रहरी प्रमुख थापाले भने, नारायणगढबाट काठमाडौँ तर्फ आउँदै गरेको ना ५ ख ९५५ नम्बरको को यात्रु बाहक बस चेक जाँच गर्दा सोही बसमा यात्रा गरी आएका जिल्ला सिन्धुपाल्चोक चौतारा न.पा वडा नंं २ घर हुने वर्ष ३४ को विदुर थापाले लिएर आएको लागुऔषध डाईजेपाम ५० एम्पल, फेनारगन ५० एम्पल, नुफिन ५० एम्पल र नाईट्राभेट १८० ट्यावलेट फेला परेको जानकारी दिए ।

त्यसैगरी चेक जाँचकै क्रममा नेपालगंजबाट काठमाडौँ तर्फ आउँदै गरेको ना ६ ख २९४१ नम्बरको बस जिल्ला बाँके नेपालगंज उ.म.न.पा वडा नं.६ घर हुुने वर्ष १९ को रविन थापा र सोही वडा नं. ६ घर हुुने वर्ष २० को विबेक बस्नेतलाई ३२.६५ ग्राम लागुऔषध खैरो हेरोईनसहित नियन्त्रणमा लिएको बताए ।

सोही घटनाको अनुसन्धान गर्दै जादा जिल्ला बाँके नेपालगंज उ.म.न.पा वडा नं. १ घर भई का.जि बानेश्वर बस्ने वर्ष २३ को शशांक मल्ल र सोही वडा नं. १२ घर भई का.जि शान्तिनगर बस्ने वर्ष २२ को विशाल रन्जित समेतलाई पक्राउ गरिएको बृत्त प्रमुख थापाको भनाई छ । पक्राउ परेकाविरुद्ध लागुऔषध ऐन अन्तर्गत म्याद थप गरी मुद्दा चलाइने थानकोट प्रहरीले जनाएको छ ।