Swornakshar Logo

डेंगु सार्ने नयाँ जातको लामखुट्टे फेला

डेंगु सार्ने नयाँ जातको लामखुट्टे फेला

काठमाडौं । सुनसरीको धरानमा पहिलो पटक ‘एडिस एल्बो पिकस’ जातको लामखुट्टे फेला परेको छ। विजयपुरको वडा समिति कार्यालय नजिकै होटलले जम्मा गरेको पानीमा उक्त जातको लामुखट्टेका अन्डा, लार्भा र प्युपा फेला परेको स्वास्थ्यकर्मीले बताएका छन्।

यसअघि चिकित्सकले ‘एसिड एजिप्टाई’ जातको पोथी लामखुट्टेले मात्र धरानमा डेंगु रोग सारेको बताउँदै आएका थिए।

हेटौँडाबाट आएका कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रका प्राविधिक दीपककुमार साहले महामारी नियन्त्रणका लागि डेंगुको अन्डा, लार्भा र प्युपा नष्ट गर्ने कार्यक्रमलाई अझै प्रभावकारी बनाउनु पर्ने देखिएको बताए। उनका अनुसार एजिप्टाई बढी सक्रिय हुने र एकसाथ चारपाँच जना मानिसलाई टोक्न सक्ने भए पनि पिकस भने केही लोसो हुने भएकाले कमलाई मात्रै टोक्न भ्याउँछ।