Swornakshar Logo

मोटरसाईकलको सिटको कभर भित्र लुकाई राखेको १२ किलो गाँजासहित ४ पक्राउ

२४ जेष्ठ । रौतहट । रौतहट प्रहरीले १२ किलो गाँजा सहित ४ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय रौतहट गौरका प्रहरी निरिक्षक पप्पु नायकको नेतृत्वमा गएको टोलीले विहिबार राति गाँजा सहित उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा भारत शिवहर थाना पिप्राडी ग्राम बेलवा नरकटिया १ का २२ बर्षिय बिजय राय पछाडी बसेको २४ बर्षिय अमोद सहनी रहेको प्रहरीले जनाएको छ । गौर नगरपालिका वाड नं। ४ बकैया नदीको बाँध सडकमा नेपालबाट भारत तर्फ लैजान लागेको अवस्थामा प्रहरीले मोटरसाइकल सावर उनीहरुलाई चेकजाँच गर्ने क्रममा गाजा बरामद गरेको हो ।

बिआर ५५ ए २२४२ को मोटरसाईकल चेक जाँचगर्दा सिटको कभर भित्र लुकाई राखेको अवस्थामा १० किलो गाँजा बरामद गरीएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रबक्ता तथा प्रहरी नायव उपरिक्षक नबिन कार्कीले जानकारी दिए ।यसैगरी यमुनामाई गाँउपालिका वाड नं। ४ सरुअठाबाट पनि प्रहरीले रमेश कुमार साह र ईनरजित साह लाई २ किलो गाँजासहित पक्राउ गरेको छ ।

उनीहरुको घरमा लुकाई राखेको अवस्थामा गाँजा बरामद गरिएको प्रहरीले बताएको छ । लागु औषध गाँजा सहित पक्राउ परेकाहरुलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।