Swornakshar Logo

कर्मचारीको तलब १८ देखि २० प्रतिशत बढ्यो

१५ जेठ । काठमाडौं । सरकारी कर्मचारीको तलब २० प्रतिशतले बढेको छ । तल्ला तहका कर्मचारी (राजपत्र अनंकित)को आधारभूत तलब २० प्रतिशत र राजपत्रांकितको १८ प्रतिशत तलब वृद्धि गरिएको हो । हाल तल्ला तहका कर्मचारीको आधारभूत तलब १८ हजार ४ सय रूपैयाँ छ । कर्मचारीको पोसाक भत्ता र बिमा रकम भने बढेको छैन ।

तीन वर्षपछि कर्मचारीको तलब बढाइएको हो । यसपटक तलब बढाउन सरकारलाई कानुनी बाध्यता थियो ।

तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले २०७३ सालमा तल्लो तहका कर्मचारीको तलब २५ प्रतिशतसम्म बढाएयता कर्मचारीको तलब बढेको थिएन । तीन वर्षको बीचमा कर्मचारीका लागि २ हजार रुपैयाँ महँगी भत्ता बढाइएको थियो भने कपडाभत्ता साढे ७ हजारबाट बढाएर १० हजार रुपैयाँ बनाइएको थियो ।

अहिले तलबभत्तामा २खर्ब रुपैयाँभन्दा बढी खर्च भइरहेको छ ।