Swornakshar Logo

सर्लाहीमा ठूलो परिमाणमा अवैध लागूऔषधसहित दुई जना पक्राउ

जेठ २। सर्लाही । सर्लाहीको लालबन्दी नगरपालिका–९, बाट ठूलो परिमाणमा अवैध लागूऔषध गाँजासहित दुई जना पक्राउ परेका छन् । प्रहरीले एक सय पचाँस किलो गाँजासहित कारोवारमा संलग्न दुई जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा लालबन्दी नगरपालिका–९, बस्ने वर्ष ३७ सनोज राज घिमिरे र पर्सा बिरगञ्ज महानगरपालिका १८ भिस्वा घर भई हाल लालबन्दी नगरपालिका वडा नं(९,मा ग्यारेज संचालन गरेर बस्ने वर्ष २२ को सिधु सिंह रहेका प्रहरीले जनाएको छ ।

बुधवार बेलुका २ नं प्रदेश प्रहरी कार्यालय जनकपुर ईलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी नयब निरीक्षक देवी बहादुर राउत नेतृत्वमा खटिएको संयुक्त टोलीले विशेष सूचनाको आधारमा उनिहरुलाई प्रक्राउगरेको सर्लाही प्रहरीले जनाएको छ ।

बिहीवार पत्रार सम्मेलन मार्फत सार्वजनीक गरिएका कारोवारमा संलग्नहरुले लालबन्दी उप स्वाथ्य चौकी परिसरमा विआर ३० पि १४५८ नम्बरको रातो रङको इन्डिएन टाटामासुमोमा लुकाई भारत तर्फलाने तयारीमा राखेको अवस्थामा प्रहरी फेलापारेको सर्लाहीका प्रहरी प्रमुख एसपी गोपालचन्द्र भट्टराईले जानकारी दिनुभयो ।

एसपी भट्टराई का अनुसार ईलाका प्रहरी कार्यालय लालबन्दीले बुधवार नै लालबन्दी—६,का संगम लामाको घरबाट ६२ किलो गाँजा बरामद गरेको छ ।

प्रहरीले केहिदीन अघि सर्लाहीको बिकट क्षेत्र नारायणखोलास्थित गङगटेमा सञ्चालन गरिएको गाँजा प्रशोधन केन्द्रमा छापामारी दुई जना कारोवारीलाई पक्राउ गर्न सफल भएको थियो । सो स्थानबाट कच्चा गाँजालाई प्रशोधन गरी तयारी गाँजा बनाउने काठको फर्मा, र फलामको मेसिन समेत बरामद गरिएको सर्लाहीका प्रहरी प्रमुख एसपी गोपालचन्द्र भट्टराईले बताउनुभयो ।