Swornakshar Logo

लागू औषध बिक्रि गर्ने एक मेडिकल सञ्चालक पक्राउ

जेठ २। लागू औषध बिक्री गर्ने धरानको एक मेडिकल सञ्चालक सहित २ जनालाई धरान प्रहरीले नियन्त्रणमा लिएको छ । धरान २ स्थित दीपक मेडिकलका सञ्चाक दीपक शाह र लागू औषध खरिदकर्तालाई रंगेहात नियन्त्रण लिई इलाका प्रहरी कार्यलय धरानले विहीबार सार्वजनिक गरेको हो ।

शाहले अवैध लागु औषध बिक्रि गर्ने गरेको सूचनाका आधारमा प्रहरीले बुधबार साँझ उनले सञ्चालन गरेको मेडिकलमा छापा मारेर औषधि खरिद गर्दै गरेका धरान ८ का दीपक लिम्बूलाई समेत पक्राउ गरिएको इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी ढुण्डिराज न्यौपानेले जानकारी दिनुभयो ।

प्रहरीले सञ्चालक शाह तथा खरिदकर्ता लिम्बूसंगै लागू औाषध टेपल ५० २ सय ४६ क्याप्सुल, स्पास्पाइन ३ सय ९२ क्याप्सुल , प्रिगाबालिन ३३ क्याप्सुल समेत बरामद गरी आवश्यक कारबाहीको लागि औषधी व्यवस्था विभाग क्षेत्रीय कार्यालय विराटनगर बुझाइएको धरान प्रहरीले जानकारी दिएको छ ।