Swornakshar Logo

सर्लाहीमा एक सय किलो गाँजासहित दुई जना पक्राउ

बैशाख २८। सर्लाही । प्रहरीले सर्लाहीको लालबन्दीबाट एक सय किलो लागुऔषध गाँजासहित दुुई जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा सर्लाहीको लालबन्दी नगरपालिका ४ गंगटेका कान्छा योन्जन र पर्साको पर्सागढी गाउँपालिका ९ का प्रगन सहनी रहेका छन् । उनीहरु दुवै जनालाई बिहीबार राति कान्छा योन्जनको घरमा बेच्नका लागि गाँजा तयारी गरिरहेको अवस्थामा लागुऔषध नियन्त्रण ब्यूरोको विशेष टोली र जिल्ला प्रहरी कार्यालय सर्लाहीको संयुक्त टोलीले पक्राउ गरेका हो ।

गाँजा तस्करले पछिल्लो समय सिन्धुलीको हरिहरपुरगढी गाँउपालिका र सर्लाहीको लालबन्दी नगरपालिकाको भित्रि गाँउका गाँजा खेती गर्ने गरेका छन् । पक्राउ परेका दुवै जना लामो समयदेखि लागुऔषध गाँजाको तस्करीमा संलग्न गहेकाले उनीहरुको थप अनुसन्धान भैरहेको प्रहरीले जानकारी दिएको छ।