Swornakshar Logo

विराटनगरमा लागूऔषध विरुद्ध दोश्रो चरणको अभियान सुरु

बैशाख २६। विराटनगर । जिल्ला प्रहरी कार्यालय मोरङले लागू औषधविरुद्धको अभियानलाई थप प्रभावकारी बनाउन दोश्रो चरणको अभियान संचालन गरेको छ ।

दोश्रो चरणको अभियानमा सिमाक्षेत्रमा नै क्यान सेन्टर स्थापना गरेर मनोसामाजिक विमर्श कार्यक्रम सञ्चालन गर्न लागिएको मोरङका प्रहरी उपरीक्षक मनोज केसीले जानकारी दिनुभयो । उहाँले यसअघि करिब ९० दिन सञ्चालन गरिएको पहिलो चरणको अभियानमा भारतीय सिमावर्ती क्षेत्रमा पुगेर दुव्र्यसन गरी फर्केका युवाहरुमा करिब ६६ प्रतिशत दश कक्षा भन्दा कम पढेका र करिब ६१ प्रतिशत २५ वर्ष मुनीको रहेको पाइएको जानकारी दिनुभयो ।

पहिलो चरणमा दुर्व्यसन गरी फर्केकाहरुलाई बेलुका ५ बजे सम्म नियन्त्रणमा राखेर अभिभावकलाई जिम्मा लगाउने गरिएको थियो । मनोज केसी, प्रहरी उपरीक्षक, जिल्ला प्रहरी कार्यालय मोरङ । दुर्व्यसनमा फसेका युवाहरुलाई दण्ड र सजाय गर्नुभन्दा सुधारको बाटोमा ल्याएर मुलुकको विकास निर्माणमा समावेश गर्न जिल्ला प्रहरी कार्यालय मोरङले विभिन्न संस्थाहरुको सहकार्यमा लागूऔषध विरुद्धको अभियान शुरु गरेको एसपी मनोज केसीले जानकारी दिनुभयो ।