Swornakshar Logo

मकवानपुरमा ७१ किलो गाँजा सहित दुई पक्राउ

१८ वैशाख । मकवानपुर प्रहरीले ७१ किलो अवैध लागूऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय, मकवानपुरले ७१ किलो गाँजासहित रौतहटको चन्द्रपुरका २६ वर्षीय गौरीशंकार यादव र ट्रक चालक २७ वर्षीय कर्णबहादुर हमाललाई पक्राउ गरेको हो ।

मकवानपुरका एसपी मुकेशकुमार सिंहका अनुसार हेटौंडाको नारायणगढ सडकखण्डस्थित लेवटबाट एक लाखमा खरिद गरेर यादवले लैजाँदै थिए । उनले विक्रीका लागि लगेको बयान दिएको प्रहरीको भनाइ छ ।

यादवले ना ५ ख ८१६४ नम्बरको ट्रकको क्याविन मुनि गाँजा लुकाएका थिए । उनको साथबाट ३० हजार रुपैयाँ नगद पनि बरामाद गरेको छ ।

प्रहरीका अनुसार कारोबारमा संलग्नलाई लागुऔषध नियन्त्रण ऐन, २०३३ अनुसार २ देखि १० वर्षसम्म कैद र १५ देखि १ लाख रुपैयाँसम्म जरिवाना वा दुई हुनसक्छ । त्यस्तै, ट्रक र नगद पनि जफत हुने प्रावधान रहेको छ ।