Swornakshar Logo

दजाकोटमा झाडापखालाबाट बिरामी हुनेको संख्या १५५ पुग्यो

वैशाख १४। गुल्मी – गुल्मीको मुसिकोट नगरपालिका–४, दजाकोटमा झाडापखालाका कारण बिरामी हुनेको संख्या १ सय ५५ पुगेको छ ।

१ सय ४८ जनाको उपचार भैरहेकोमा थप ७ जना झाडापखालाबाट बिरामी भएका हुन् । बिरामीमध्ये ५ जनाको जिल्ला अस्पताल तम्घास र एक जनाको चितवनमा उपचार भैरहेको छ । अरु बिरामीको अस्थायी शिविरमै उपचार भैरहेको छ ।

प्रभावित गाउँमा पुगेको जिल्ला जनस्वाथ्य कार्यालयको टोली भने फर्किएको छ । झण्डै ५ किलोमिटर टाढाको ट्यांकीमार्फत दजाकोटमा वितरण गरिएको पानी पिएका स्थानीय बासिन्दामा बेहोस हुने, वाकवाकी लाग्ने, टाउको दुख्ने, पखाला लाग्ने र ज्वरो आउने समस्या देखिएको जिल्ला जनस्वास्थ्य कार्यालय गुल्मीका जनस्वास्थ्य अधिकृत महेश श्रेष्ठले बताउनुभयो ।

विश्व स्वास्थ्य संगठन र रोग नियन्त्रणको टोली शनिबार झाडापखाला प्रभावित क्षेत्रमा जाने श्रेष्ठले जानकारी दिनुभयो ।