Swornakshar Logo

प्रहरीद्वारा लागूऔषध नस्ट

बैशाख १२ । हेटौंडा– जिल्ला प्रहरी कार्यालय मकवानपुरले सुरक्षित स्थानको खोजीमा भैंसे पुगेर ठूलो परिमाणको लागूऔषध नष्ट गरेको छ ।

भीमफेदी गाउँपालिका–१ भैंसेको सानुटारस्थित किसेडी खोलामा पुगेर प्रहरीले २०७५ फागुन ८ गतेदेखि ०७६ वैशाख १ गतेसम्म बरामद भएका लागूऔषध नष्ट गरिएको मकवानपुर प्रहरी प्रमुख प्रहरी उपरीक्षक मुकेश कुमार सिंहले जानकारी दिए ।

६ सय ७८ केजी १ सय २१ ग्राम गाँजा, २ सय ७३ केजी चरेश, ७ सय ग्राम अफिम, २९ वटा एम्पुल फेनार्गन, २९ वटा एम्पुल ब्यूप्रोनोफिन, २९ वटा एम्पुल डाइजेपाम र ५ सय ४७ टयाब्लेट नाइट्रोभेट जलाएर नष्ट गरिएको हो । मकवानपुर प्रहरीले स्थानीय जनप्रतिनिधि, सामुदायिक प्रहरी सेवा केन्द्रका प्रतिनिधि, सञ्चरकर्मी र स्थानीय बासिन्दाको रोहवरमा नष्ट गरेको हो । ४४० केजी ८००ग्राम लागुपदार्थ भने कानुनी प्रक्रियाका कारण नस्ट गर्न बाकि रहेको जानकारी दिएको छन् ।

ठूलो परिमाणको लागूऔषध जलाउँदा बस्तीहरुमा असर पुग्ने भन्दै भैंसेको किसेडी खोलामा लगेर नष्ट गरिएको मकवानपुर प्रहरी प्रमुख सिंहले बताए । भीमफेदी–१ का वडा अध्यक्ष श्याम कुमार बलले लागूऔषधमा आगो लगाएर नष्ट गरेका थिए । हेटौंडा–१ का वडा अध्यक्ष सविन न्यौपाने, सामुदायिक प्रहरी सेवा केन्द्र पशुपति नगर सचिव रमिला सापकोटालगायतको उपस्थिति थियो ।