Swornakshar Logo

लाजिम्पाटबाट ५० केजी गाँजासहित २ पक्राउ

४ बैशाख । महानगरीय प्रहरी वृत्त दरबारमार्गको विशेष टोलीले काठमाडौंको लाजिम्पाटबाट गाँजासहित २ जनालाई पक्राउ परेका छन् । मंगलबार साँझ बिशेष सुचनाका आधारमा खटिएको टोलीले ५० केजी गाँजासहित दुईलाई पक्राउ गरेको हो ।

सिन्धुलीका कुमार घिसिङ र पदम श्रेष्ठ पक्राउ गरेको र उनीहरुलाई आज पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिने प्रहरी वृत्तले जनाएको छ ।

लाजिम्पाट क्षेत्रमा गाँजाको व्यापार हुने गरेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरीले सो क्षेत्रमा छापा मार्दै आएको छ ।