Swornakshar Logo

ओली र प्रचण्ड कम्युनिष्ट हुनै सक्दैनन्ः मोहन वैद्य ‘किरण’

२४ चैत । काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्यले सरकारले नेत्रविक्रम चन्द नेतृत्वको नेकपालाई प्रतिबन्ध लगाएर गम्भिर भूल गरेको बताएका छन् ।

महासचिव बैद्यले विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीलाई प्रतिबन्ध लगाउने केपी ओली, पुष्पकमल दाहाल ‘प्रचण्ड’हरु कम्युनिष्ट हुनै नसक्ने बताए ।

आईतबार देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालको प्रथम राष्ट्रिय सम्मेलनलाई काठमाडौंमा उद्घाटन गर्दै उनले वर्तमान सरकारले देशीविदेशी प्रतिक्रियावादीहरुको संरक्षण गरिरहेको आरोप पनि लगाए ।

कम्युनिष्टको नाममा प्रतिक्रियावादीहरुको संरक्षण गरिरहेको वर्तमान सरकारविरुद्ध अर्को जनवादी क्रान्ति गर्नुको विकल्प नरहेको महासचिव वैद्यको भनाई छ । महासचिव वैद्यले वर्तमान सरकारले शोषितपीडित जनताको प्रतिनिधित्व गर्नै नसक्ने दावी पनि गरे ।