Swornakshar Logo

२ क्विन्टल गाँजा सहित हेटौँडाबाट दुई जना पक्राउ

२० चैत । हेटौडा । जिल्ला प्रहरी कार्यालय मकवानपुरले २ सय १२ किलो गाँजा सहित हेटौाडाबाट दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले विशेष सूचनाको आधारमा हेटौँडा उपमहानगरपालिका वडा नंबर ३ बाट गाँजा सहित दुई जना पक्राउ गरेको हो ।

प्रहरीले मनहरीबाट हेटौँडा आउँदै गरेको ना ३ च ३७६९ नं को पिकअप गाडी लाई रोकी जाँच गर्दा सो गाडीमा गाँजा भेटीएको हो । चालक जिल्ला महोत्तरी बर्दिवास नगरपालिका ११ बस्ने बर्ष ३६ को रामजस यादव र सोहि स्थानको बस्न बर्ष १९ को उज्वल गुर्मछाने मगरलाई गाँजा सहित पक्राउ गरेको हो । उक्त सवारीमा लुकाएको अवस्थामा २१२ केजि गाँजा फेला परेको हो ।