Swornakshar Logo

एसईईको प्रश्नपत्र इमोबाटनै लिक २ प्रहरी जवानसहित ६ जना सार्वजनिक

प्रदेश २ मा १४ र १५ चैतको एसईई परीक्षाको प्रश्नपत्र बाहिरिएको प्रकरणमा संलग्न ६ जनालाई प्रहरीले सार्वजनिक गरेको छ ।बिहीबार प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो र दुई नं प्रदेश प्रहरी कार्यालयले जिल्ला प्रहरी कार्यालय, सप्तरीमा संयुक्त पत्रकार सम्मेलन गरेर आरोपित दुई प्रहरी अधिकारीसहित ६ जनालाई सार्वजनिक गरेको हो ।पक्राउ पर्ने प्रहरी अधिकारीमा सप्तरीको राजविराज–१० का ब्रम्हदेव सुनरैत र कञ्चनरुप–६ का दिपेन्द्रकुमार मण्डल छन् । उनीहरु सिरहाको इलाका प्रहरी कार्यालय, कल्याणपुरमा कार्यरत् जवान थिए ।

इप्रका, कल्याणपुरमा जनता मावि बनिया र रादु मावि कल्याणपुरको प्रश्नपत्र राखिएको थियो । जसको सुरक्षार्थ खटिएका जवान नै प्रश्नपत्र लिक गराउने कार्यमा संलग्न रहेको भेटिएका हुन् ।

यसअघि सामाजिक सञ्जालमा बाहिरिएको प्रश्नपत्रको छेवैमा ब्लेड देखिएपछि प्रश्न–पत्र हुने पोकाको तलबाट काटेर प्रश्नपत्र निकालिएको आशंका गरिएको थियो । प्रश्नपत्र निकालेर फोटो खिचेपछि उनीहरुले सप्तरी पठाएका थिए । त्यहीँबाट प्रश्नपत्रको किनबेच सुरु भएको प्रहरी अनुसन्धानले देखाएको छ ।पक्राउ पर्ने अन्यमा विष्णुदेव यादव, शिक्षक मनोज यादव, राजेश यादव र उमेश यादव छन् ।

प्रश्नपत्र निकालेर फोटो खिचिसकेपछि उनीहरुले इमोमार्फत् सप्तरी पठाएका थिए । त्यहीँबाट प्रश्नपत्रको किनबेच सुरु र भाइरल भएको एक अधिकारीले बताए ।
प्रहरीले परीक्षार्थी प्रहरीबाटै अनुसन्धान सुरु गरेको थियो । विद्यार्थीले फेसबुक, भाइबर, ह्वाट्स एप, इमोलगायतबाटै आफ्ना साथीहरुलाई प्रश्नपत्र पठाएको खुलेको छ । प्रश्नपत्र बाहिरिएपछि शिक्षा मन्त्रालयले एसईईको परीक्षा स्थगित गरेको थियो ।