Swornakshar Logo

तत्कालिन महाप्रबन्धक शर्मासँग तीन दिन भित्र स्पष्टिकरण माग

२९ फागुन । काठमाडौं । साझा प्रकाशनका तत्कालिन महाप्रबन्धक डोलिन्द्रप्रसाद शर्मालाई मन्त्रालयमा तानेर कारबाहि स्पष्टिकरण सोध । साझा प्रकाशनमा भ्रष्टाचारका कुरा पटक पटक उठेपछि शर्मालाई स्पष्टिकरण सोधिएको हो ।
शर्माको स्थानमा मन्त्रालयका उपसचिव ऋषिराम पंगेनीलाई साझाको महाप्रबन्धक तोकिएको छ।
भ्रष्टाचारको सम्बन्धमा मन्त्री पद्यामा अर्यालले आन्तरिक टिम बनाएर अध्ययन गरेकि थिइन । अध्यननका क्रममा तत्कालिन प्रबन्धकका थुप्रै समस्या देखिएपछि अर्यालले शर्मालाई मन्त्रालय तानेर छानबिन शुरू गरेकी छिन् ।
आफ्नै छापाखाना, देशभर जग्गाजमिन भएको सम्पन्न संस्थाको रूपमा परिचित साझा प्रकाशन धरासायही भएकोक छ । यसका कर्मचारीहरू तलब नपाएपछि एकवर्षदेखि आन्दोलनरत गरीरहेका छन् ।
अर्थ मन्त्रालयबाट ८ करोड ऋण ल्याएर साझा प्रकाशनका कर्मचारीहरूलाई तलब खुवाएको छ । साझा प्रकाशन सहकारी संस्थाले शर्मालाई आज बुधवार पत्राचार गरी ३ दिनभित्र सञ्चालक समिति समक्ष स्पष्टिकरण पेश गर्न भनिएको छ ।
संस्थाका अध्यक्ष रघुराम विष्टद्वारा जारी गरिएको पत्रमा तत्कालिन प्रबन्धक शर्मालाई साझा प्रकाशन नियमावली, २०७३ (संशोधन सहित) को नियम ३०.१ को खण्ड (ख) बमोजिम आचरण तथा अनुशरण सम्बन्धी नियम उल्लंघन गरेको र सोही नियमावलीको खण्ड च बमोजिम आफ्नो पदको जिम्मेवारी वेवास्ता गरेको देखिएको भन्दै पत्र प्राप्त भएको मितीले ३ दिनभित्र सञ्चालक समितिसमक्ष स्पष्टिकरण पेश गर्न भनिएको छ । सञ्चालक समितिको फागुन २८ गतेको निर्णयअनुसार स्पष्टिकरण सोधिएको हो ।
राष्ट्रिय इतिहास बोकेको सरकारी संस्था साझा प्रकाशनलाई उचित रूपमा सञ्चालन नगरेको, प्रकाशन धरासायी बनाएको लगायतका थुप्रै बिषयहरू तत्कालिन महाप्रबन्धक शर्मामाथि लागेका छन्  ।