Swornakshar Logo

अलिकति भोट पाए भन्दैमा फुर्तिनलाए हुन्छः प्रधानमन्त्री

२५ फागुन । रौतहट । प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी ओलीले अलिकति भोट पाए भनेर धेरै फूर्तीफार्ती नलाउन भनेका छन् । उनले राजपालाई इकित गदै भने ‘एउटा प्रदेशमा एकपटक जनतालाई झुक्याएर अल्मलाएर अलिकति भोट पाइयो भनेर धेरै फूतीफार्ती नगरे हुन्छ ।’
ओलीले छुद्र राजनिति तथा आधारहीन र नचाहिने नाराको काम सकिएको बताए । छुट्टै मधेसको नारा लगाएका सिके राउत संविधानले दिएका अधिकारभित्र रहेर मूलधारको राजनितिमा आएको भन्दै उनले उनले खुशी व्यक्त गरे ।

राजपालाई देश विकास र समृद्धिको यात्रामा सकारात्मक हुन भने । प्रधानमन्त्री केपी शर्मा ओलीले तराई मधेसमा भएको अन्धविश्वास हटाउनु पर्नेमा जोड दिए।

उनले भने ‘अहिले पनि बोक्सीको आरोपमा गरिब तथा कमजोर महिलाहरुमाथि अत्याचार हुने गरेको छ । सबैभन्दा पहिला कुप्रथा अन्त्यका लागि जनचेतना फैलाउनु छ ।’
रौतहटको गरुडामा आयोजित नेकपाको प्रदेशस्तरीय आमसभालाई सम्बोधन गर्दै भने, ‘यदि कोही साच्चीकै बोक्सी छन् भने मलाई खाएर देखाऊ ।’
‘यदि कोही बोक्सी भएको भए चुनाव नै लड्नु पर्दैनथ्यो । विपक्षीलाई बोक्सी लगाइदिए मात्रै पुग्थ्यो’ उनले अघि भने ।

प्रधानमन्त्री ओलीले गरीबी हटाउन तथा विकास निर्माण अगाडि बढाउन सरकारले काम गरिरहेको बताए । तराई मधेसको विकासका लागि सरकारले निजगढ(काडमाडौं द्रुतमार्ग, रेलवे, निजगढ अन्तर्राष्ट्रिय विमानस्थल लगायतका परियोजना अगाडि बढाईको उनले बताए ।
भारतीय बाँधका कारण हुने डुबान समस्या हटाउन भारतीय प्रधानमन्त्रीसँग भएको कुराकानीअनुसार सर्वेको काम अगाडि बढेको ओलीले बताए ।