Swornakshar Logo

राहत शिक्षकको आन्दोलनमा अश्रुग्यास

२० फागुन । काठमाडौं । सोमबार पेशागत स्थायीत्वको माग राखेर आन्दोलनरत राहत शिक्षक तथा बालविकास शिक्षक र प्रहरीबीच
नयाँ बानेश्वरमा झडप भयो । निषेधित क्षेत्र तोड्न थालेपछि शिक्षकलाई प्रहरीले पानीको फोहोरा र अश्रुग्यास हानेर तितरबितर पारेको थियो ।
आइतबार पनि बानेश्वरमा निषेधित क्षेत्र तोड्न खोज्दा प्रहरीले पानीको फोहोरा हानेको थियो । प्रहरी र आन्दोलनरत शिक्षकबीच झडपनि भएको थियो ।


सोमबार पनि शिक्षकहरु ले निषेधित क्षेत्र तोड्ने प्रयास गरेपछि प्रहरीले पानीको फोहरा र अश्रुग्यासको प्रहार गरेको छ । अश्रुग्यासका कारण वरपरका सडकमा हिँड्ने सर्वसाधारण र बटुवाहरुसमेत प्रभावित भएका थिए ।

अश्रुग्यास, फोहोरा र प्रहरीको लाठी लागेर केही शिक्षकहरु घाइते भएका छन् । उनीहरुको उपचार नयाँबानेश्वरको एभरेष्ट अस्पतालमा भइरहेको छ।