Swornakshar Logo

भरतमोहन अधिकारीको स्वास्थ्य थप जटिल (बिज्ञप्ति सहित)

१८ फागुन । काठमाडौं । नेकपाका नेता भरतमोहन अधिकारीको स्वास्थ्य अवस्था थप जटिल भएको छ । उनका महत्वपूर्ण अंगहरुले काम गर्न छोडेको अस्पतालले जनाएको छ ।

विगत तीन हप्तादेखि ह्याम्स अस्पताल मण्डिखाटारमा उपचारार्थ अधिकारीको स्वास्थ्य स्थिती खस्कदै गएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् । केहीबेर अघि अस्पताल परिसरमा पत्रकार सम्मेलन गर्दै उनलाई कृत्रिम स्वासप्रस्वासका लागि भेन्टिलेटरमा राखेर उपचार भइरहेको चिकित्सकले बताएका छन् ।

चिकित्सा विज्ञानका सबै उपाय अपनाउँदा पनि स्वास्थ्यमा कुनै सुधार नआएको पत्रकार सम्मेलमा वितरित विज्ञप्तीमा उल्लेख गरिएको छ । उनलाई रक्तचाप बढाउने औषधी दिइराखेको छ । विगत २४ घण्टादेखि दिसा पिसाव पनि नभएकोले उनलाई बचाउन सकिने न्यून सम्भावना भएको विज्ञप्तीमा लेखिएको छ ।