Swornakshar Logo

हेलिकोप्टर दुर्घटना मुलुकका लागि अपूरणीय क्षतिः नेकपा

१५ फागुन ।काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीले ताप्लेजुङको फुङलिङ नगरपालिका १० सिस्नेभीरमा आज बुधबार भएको एयर डाइनेस्टीको हेलिकोप्टर दुर्घटनाले मुलुकलाई अपूरणीय क्षति पुगेको बताएको छ ।

दुर्घटनामा संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीसहित ७ जनाको निधनबाट विकासप्रेमी जनप्रतिनिधि, देशविकासमा समर्पित पर्यटन उद्यमी र राष्ट्रसेवक गुमाएको भन्दै यसले मुलुकलाई अपूरणीय क्षति भएको भन्दै विज्ञप्ती जारी गरेको छ ।
विज्ञप्तीमा भनिएको छ ‘यस दुर्घटनाबाट मुलुकलाई अपूरणीय क्षति भएको छ, मुलुकले जनता र विकासप्रति सदैव समर्पित योग्य जनप्रतिनिधि गुमाएको छ, निजी क्षेत्रबाट देशको विकासमा समर्पित पर्यटन उद्यमी, राष्ट्रसेवक कर्मचारीहरु र हेलिकोप्टर चालक गुमाएको छ’ अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले जारी गरेको छ ।

नेकपाले अधिकारीलाई होनहार नेता, विकासप्रेमी जनप्रतिनिधि र प्रचुर सम्भावना बोकेको भरोसायोग्य नेता गुमाएको बताएको छ । अधिकारीले नेपालको कम्युनिस्ट आन्दोलनमा पुर्‍याएको योगदानको पार्टीले उच्च मूल्यांकन गर्ने उल्लेख गरिएको छ ।

२०६४, २०७० र २०७४ सालको संविधानसभा र संसद निर्वाचनमा कास्कीबाट निर्वाचित अधिकारी अब्बल राजनीतिकर्मीका रुपमा स्थापित भएका नेकपाले उल्लेख गरेको छ ।

नेकपाले दुर्घटनामा परी ज्यान गुमाउने सबै प्रति श्रद्धाञ्जली व्यक्त गरेको छ ।