Swornakshar Logo

हेटौंडाको मुख्य सडक १६–१६ मिटर फराकिलो बनाइने

५ फागुन । हेटौडा । ३ नं प्रदेशको मन्त्री परिषद बैठकले हेटौंडा मुख्य बजारको पुर्वपश्चिम राजमार्गको सडक १६–१६मिटर फराकिलो बनाउने भएको छ ।
बाईपास सडक पनि निर्माण गर्ने भएको छ । हेटौंडा क्षेत्रमा पर्ने पुर्व पश्चिम राजमार्ग र त्रिभुवनराजपथको सडकलाई सडकको दायाँ बायाँ १६–१६ मिटर कायम गर्ने र बाईपास सडकलाई राजमार्गको रुपमा विकाश गर्नका लागि संघिय सरकारलाई अनुरोध गर्ने निणय गरेको हो । हेटौंडाको मुख्यबजार क्षेत्रलाई शहरी सडकको रुपमा विकाश गरेर ४ लेनको सडक बनाउने छ । त्यसमा ग्रिन बेल्ट (सडकको दायाँ बायाँ बगैचा ) निर्माण गर्ने, फुटपाथ निर्माण गर्ने, सर्भिस ट्रयाक निर्माण र बाईपास सडक निर्माण गरेर राजमार्गका रुपमा विकाश गर्ने भएको छ ।

बाईपास सडक निर्माणका लागि ३ नं.प्रदेश सरकारले चालु आर्थिक वर्षमा पाँच करोड रुपैयाँ छुट्याएको छ । यो रकमबाट खर्च गर्ने गरी डिपीआर बनाउने काम अन्तिम चरणमा पुगेको भौतिक पुर्वाधार विकाश मन्त्रालयले जनाएको छ । उपमहानगरपालिका क्षेत्रको सडकलाई शहरी सडकका रुपमा अगाडी बढाउने गरी प्रदेश सरकार काम गरीरहेको छ । हेटौंडा क्षेत्रमा पर्ने राजमार्गलाई वैकल्पिक व्यावस्था गर्नका लागि संघिय सरकारलाई अनुरोध गर्ने गरी तत्काल पठाईने मन्त्रिपरिषद् श्रोतले जनाएको छ ।

शहरी राजमार्गका रुपमा विकाश गरेपछि हेटौंडा क्षेत्रमा पर्ने पुर्व पश्चिम राजमार्ग, त्रिभुवन राजपथ सडकको दायाँ बायाँ २५ मिटर भत्काउने भनेर सडक डिभिजन कार्यालय हेटौंडाले यसअघि सुचना जारी गर्दै आएको काम पनि ओझेलमा परेकोे छ । यसैगरी आजको मन्त्रिपरिषद् बैठकले बहुप्राविधिक महाविद्यालय स्थापना गर्नका लागि सिन्धुपाल्चोकको चौतारामा निर्माण गर्नका लागि जग्गा प्राप्तिका लागि संघिय सरकारलाई अनुरोध गर्ने निणय गरिएको ३ नं.प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री तथा सरकारका प्रवक्ता कैलाश प्रसाद ढुंगेलले बताए । त्यसैगरी प्रदेशको संगठन संरचना र दरबन्दी तेरिस स्वीकृती गर्ने सम्बन्धमा पनि निणय गरिएको बताए ।