Swornakshar Logo

नेकपाको कार्यदलले पार्टी एकताको प्रतिवेदन बुझाएको छः प्रचण्ड

४ फागुन । काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को जिल्ला कमिट र त्यो भन्दा तल्ला कमिटी एकता गर्न गठित नेपाल कार्यदलले प्रतिवेदन बुझाएको पार्टी अध्यक्ष प्रचण्डले बताए ।
एकताको बाँकि काम टुङग्याउन गत पुस १२ गते सचिवालय सदस्य रामबहादुर थापा बादलको संयोजकत्वमा ९ सदस्यीय कार्यदल बनेको बनाएको थियो ।
कार्यदलले २ महिनापछि सर्वसम्मतीले प्रतिवेदन तयार पारी पार्टी अध्यक्ष केपी शर्मा ओलीसममक्ष बुझाएको अर्का अध्यक्ष प्रचण्डले बताए ।
१५ दिनको समयसीमा तोकेर संगठनात्मक एकताको प्रस्ताव तयार पार्ने कार्यादेश दिएको भए पनि कार्यदलले झन्डै दुई महिनापछि प्रतिवेदन बुझाएको हो । अब दुई अध्यक्ष बसेर प्रतिवेदन बारे छलफल गर्ने र सचिवालय र स्थायी कमिटीको बैठक बसेर तहगत कमिटीको एकता टुंग्याउने प्रचण्डको भनाइ छ ।
“कार्यदलले सर्वसम्मत रूपमा प्रतिवेदन बुझाएको छ । प्रतिवेदनलाई प्रस्ताव बनाएर सचिवालयमा, स्थायी कमिटीमा छलफल गर्ने र पार्टी एकतालाई टुंग्याउने भन्ने विषयमा दुई अध्यक्षबीच आजै (शनिबार) कुराकानी हुन्छ,” धादिङमा आयोजित एक कार्यक्रममा प्रचण्डले भने । एकताका लागि ९ सदस्यीय कार्यदलमा रामबहादुर थापा, विष्णु पौडेल, सुरेन्द्र पाण्डे, शंकर पोखरेल, वर्षमान पुन, योगेश भट्टराई, बेदुराम भुषाल, लेखराज भट्ट, रघुवीर महासेठ सदस्य छन् ।