Swornakshar Logo

दुई अध्यक्ष बाटोमा हिड्दा हिड्दै झल्यास्स भेट भएका होइनौः प्रधानमन्त्री ओली

२ फागुन । काठमाडैं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले दुई अध्यक्ष बाटोमा झल्यास्स नभेटीएको बताए ।
उनले जनताको जलविद्युत अयोजना कार्यक्रममा बोल्दै ओलीले भने ‘ हामी दुई अध्यक्ष बाटोबाटोमा हिड्दा हिड्दै झल्यास्स भेटभएको जोडि होइन । यो देश बनाउन विचार सहित मिलेको जोडि हो ।’
कार्यक्रममा बोल्दै पुन वौद्धिक व्यक्ति प्रति कटाक्ष गरे । उनले भने‘ वौद्धिक उचाई भएका व्यक्तिसंग धेरै हैरान भइयो । यीनीहरु तीन पत्ति तास फिट्ने भन्दा बढी कुरा फिट्न थाले ।’
उनी यतिमा रोकिएनन उनले पुन भने जनतालाई सुखि बनाउछौ,समृद्धि बनाउछौ,शिक्षित बनाउछौ भन्दा आधार चाहिन्छ भन्छन् । राम्रो काम गरेर देखाउदा नि आधार खोज्छन् विद्धानहरु ।
अर्को प्रसंगमा उनले वौद्धिकहरुलाई कुरा लगाएर खाने समुह भने । यीनीहरुको काम भनेको कुरा बोकेर जिन्दगी चलाउने भए । तर अब यीनको जमाना गयो । कुरा बोकेर खान पाउने छैनन । यीनका कुरा बुझिसकेको बताए । उनले भने‘सरकार टिक्न नदिन खेलो फड्को नगरे हुन्छ । तपाईहरुका दिन गइसके ।’
देश चलाउने भनेको ८ कक्षाको बक्तित्वकला होइन । यसमा भिजन चाहिन्छ ,स्पष्ट गन्तव्य चहीने बताए ।
उनले चैत ७ गते पहिलो जलविद्युतको शेयर आफुले किन्ने बताए । उनले भने ‘आजका दिनबाट ३५ दिन भनेको चैत ७ गते हुदो रहेछ ,सार्वजनिक विदा भएन भने सबै भन्दा पहिला त्यो दिन म शेयर किन्ने छु । दोस्रो शेयर सबै नेपालीले किन्ने छन् । यसरी आफ्नो पैसा आफ्नै देशमा लगानी हुने छ ।’
उनले अबको १० बर्षमा देशमा निकै विकास भैसक्ने बताए । एक बर्षमा हालेको विकासको जगमा सय तले होइन एक हजार तले भवन बनाउन सकिने दाबी गरे । उनले भने ‘जनताको सरकारले अल्प विकास होइन विकासशिल नेपाल बनाउछ । १० बर्षमा देशले काँचुली फेर्छ ।’