Swornakshar Logo

बुबाको स्मृतिमा कांग्रेस नेता बानियाँद्धारा एम्बुलेन्स सहयोग

१ फागुन । हेटौंडा। कांग्रेस मकवानपुरका सभापति तथा नेपाली कांग्रेस ३ नम्बर प्रदेश संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँले राईगाउँ स्वास्थ्यचौकीलाई एम्बुलेन्स प्रदान गरेका छन् । उनले एम्बुलेन्स हस्तान्तरण गदै भने ‘मानवताको धर्म नै सेवा हो र त्यसैको फलस्वरुप आफूले स्वास्थ्यसेवामा सकेसम्मको सहयोग गर्दै आईरहेको छु ।’ बानियाँले स्वर्गीय बुबाको स्मृतिमा एम्बुलेन्स सहयोग गरेका हुन। उनले एम्बुलेन्स संचालनका लागि ५० हजार रुपियाँ पनि दिएका छन्।
एम्बुलेन्स हस्तान्तरण कार्यक्रममा प्रमुख अतिथि कांग्रेस केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय डिनाले मकवानपुर पार्टी सभापति एवं ३ नम्बर प्रदेश संसदीय दलका नेता बानियाँले एम्बुलेन्स दिएर उदाहरणीय काम गरेको भन्दै बानियाँको प्रसंसा गरेकि थिइन ।
नेतृ डिनाले कम्युनिष्टहरुले पटक पटक जित हासिल गर्दापनि फर्केर नहेर्ने र अर्को क्षेत्रमा जितेर पनि यो क्षेत्रमा आएर सहयोग गर्ने मन भनेको कांग्रेसको मात्रै रहेको बताइन। यसअघि नेता बानियाँले स्वर्गीय दाजु राजकुमार बानियाँको स्मृतिमा हेटौंडा उपमहानगरपालिका १८ को हर्नामाडी स्वास्थ्यचौकीलाई एम्बुलेन्स सहयोग गरेका थिए ।

बागमती २ राईगाउँका वडा अध्यक्ष एवं राईगाउँ स्वास्थ्यचौकी ब्यवस्थापन समितिका अध्यक्ष जगतबहादुर भ्लोनको जिल्लामा भएका नेपाली कांग्रेसका कार्यकर्ताहरुको उपस्थिति थियो ।