Swornakshar Logo

एक जनाले टिकालगाएर नेता तोकिदैनः नेपाल

२७ माघ । हेटौडा । नेकपा नेता तथा पुर्व प्रधानमन्त्री माधवकुमार नेपालले एक जनाले टिकालगाइ दिएरक कुनै व्यक्तिलाई एकिकृत संगठनको अध्यक्ष बनाउने बताए । पत्रकारहरुसंग हेटौँडामा भएको कार्यक्रममा नेता नेपालले अबको केहि समयभित्र नेकपाको सबै तहमा एकिकरण हुने बताए ।
उनले भने “संगठनको निर्माण ढिला हुँदा काममा समस्या भएको छ, सबै तहको संगठनलाई चुस्त दुरुस्त बनाउनु आजको आवश्यक्ता हो तर संगठन निर्माणको नाउँमा गोजिबाट निकालेको ब्यक्तिलाई नेतृत्व भने दिन सकिदैन् ।”
सरकारमा केहि कमजोरी रहेको भन्दै त्यसलाई सुधार गरेर अघि बढनुपर्ने भएको भन्दै नेता नेपालले सरकारको कमजोरीको विषयमा सचिवालयस्तरमा गम्भिर छलफल हुने बताए ।
तीनै तहको सरकारले शुसासनमा जोड दिनुपर्ने भन्दै पुर्व प्रधानमन्त्री नेपालले भ्रष्ट्राचार नियन्त्रण तथा विकासको कामलाई प्राथमिकता दिनुपर्ने बताए ।

कांग्रेसमा फ्रस्टेसन
नेता नेपालले नेपाली कांग्रेस फ्रस्टेसनको शिकार भएको बताए । नेपाली कांग्रेसले भ्रष्ट्राचार न्युनिकरण, सामजिक कुरितको विषयमा विरोध गर्नु राम्रो भएको भएपनि विना कारणको माग राख्दै आन्दोलन गर्नुको कुनै तुक नभएको उनको भनाई छ । आफ्नो तेताले भ्रष्ट्राचार गर्दाचैँ चुप बस्ने अनि अरुको सानो गल्ति खोज्दै हिडने प्रबृत्ति ठिक नभएको उनले बताए ।
राजधानीको विषयमा बोलनन नेपाल
नेता नेपालले राजधानिको विषयमा आफु नबोल्ने बताए । पत्रकारहरुले प्रदेशको स्थायी राजधानीको विषयमा प्रश्न गरेपछि उनले यो प्रदेश सरकारको अधिकारको विषय भएकोले आफुले नबोल्ने बताए ।
छुट्टै मधेश स्विकार्य छैन
कार्यक्रममा बोल्दै पुर्व प्रधानमन्त्री नेपालले एक मधेश एक प्रदेश या मधेशलाई छुट्टै बनाउने कुरा कुनैपनि नेपालीलाई स्विकार्य नहुने बताए । सच्चा नेपालीले मधेशलाई अलग बनाउने सोच राख्न नसक्ने भन्दै उनले मधेशमा हाल कुनै पनि प्रकारको विवेध नरहेको समेत दाबी गरे ।