Bagmati Samachar Logo

हेटौंडामा कांग्रेसको सरकार विरोधी प्रदर्शन

२१ माघ । हेटौडा । आज सोमबार नेपाली कांग्रेसले सरकारका विरुद्ध हेटौडामा विरोध प्रर्दशन गरेका न् । सरकारले अधिनायकबादी चरित्र देखाएको भन्दै नेपाली कांग्रेसले आज देशैभर विरोध प्रदर्शन गरेको छ । सोहि कार्यक्रम अनुसार मकवानपुरको हेटौंडामा पनि विरोध प्रर्दशन गरिएको नेपाली काँग्रेस मकवानपुरले जनाएको छ ।
हेटौँडाको सानोपोखरा, भीमफेदी बसपार्क, जिल्ला प्रहरी कार्यालय चोक र फरेष्ट्री गेटगरी हेटौंडाका ४ नाकाबाट विरोध प्रदर्शन गरिएको थियो ।