Swornakshar Logo

लागुऔषध गाँजा सहित एक जना पक्राउ

२१ माघ । हेटौडा । मकवानपुरको कैलाश गाउँपालिकाबाट लागुऔषध गाँजा सहित एक जना पक्राउ परेका छन्।
सोमबार जिल्ला प्रहरी कार्यलय मकवानपुरबाट खटिएको प्रहरी टोलीले कैलाश गाउँपालिका ८ का चामे सिहं मोक्तानलाई ६५ किलो लागुऔषध गाँजा सहित पक्राउ गरेको हो।
विशेष सुचनाको आधारमा मोक्तानको घरमा खानतलासी गर्दा उक्त घरको सुत्नेकोठामा प्लाष्टिकको बोरामा लुकाई छिपाई राखेको अबस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएको छ।