Swornakshar Logo

सोलुखुम्बुबाट काठमाडौं आउदै गरेको हेलिकोप्टरमै जन्मियो शिशु

२१ माघ । काठमाडौं । सोलुखुम्बुबाट काठमाडौंकालागि उडेको हेलिकप्टरमा एकमहिलाले बच्चा जन्माएकी छन् ।
सोलुखुम्बुको नुन्गलाबाट गर्भवति महिला लिएर काठमाडौं आउँदै गर्दा आकाशमै बच्चाको जन्म भएको हो ।
सोलुखुम्बुको नुन्थलाबाट उडेको कैशाल हेलिकोप्टरमा आउँदै गरेकी नोर्साङ डोल्मा शेर्पाले छोरा जन्माएकी हुन् ।
कैला शेलिकोप्टर इन्चार्ज श्रीहरि कुइँकेलका अनुसार भक्तपुर आसपास अँइपुगेपछि शिशुको जन्म भएको हो । आमा र बच्चा दुबैलाई हाल भक्तपुर अस्पतालमा राखिएको छ ।
हेलिकप्टरमा बच्चा जन्मिएको बच्चाको नाम पनि कैलाश नै राख्ने अभिभावकले सुनाएको कुइँकेलले बताए ।