Swornakshar Logo

प्रतिवेदन बुझाउन सचिवालयको कार्यदललाई निर्देशन

२१ माघ । काठमाडौं । नेपाल कम्युनिस्ष्ट पार्टी (नेकपा)को आज सोमबार बसेको सचिवालय बैठकले कार्यदललाई छिटो भन्दा छिटो पार्टी एकताको खाका सहितको प्रतिवेदन बुझाउन निर्देशन दिएको छ ।
सचिवालयको बैठकबार जानकारी दिदै प्रवक्ता नारायणकाजी श्रेष्ठले भने‘कार्यदल कुन अवस्थामा पुगेको छ, अहिलेसम्म जति प्रगति भएको छत्यो मंगलबारसम्म सचिवालयमा पेश गर्न भनेका छौ । त्यसपछि सचिवालयले के गर्ने भनेर छलफल गर्छ । अर्को स्थायी समितिमा पेश गर्छ ।’
सचिवालय बैठकमा भेनेजुयला प्रकरणबारे भने पार्टीले पहिला राखेको धारणा नै आधिकारी भएको श्रेष्ठले बताए । उनले भने ‘कुनैपनि देशको आन्तरिक मामिलामा बाह्य हस्तक्षेप हुन नहुने र कुनै पनि देशमा कुनै पनि प्रकारको समस्या उत्पन्न भएमा त्यस देशका जनताले स्वतन्त्रपूर्वक ,शान्तिपूर्ण बाटोबाट समाधान गर्नुपर्छ भन्ने मान्यता राख्छौ ।’
पर्टी अध्यक्ष प्रचण्डले ११ गते माघमा विज्ञप्ती जारी गदै भेनेजुयलामा अमेरिकी हस्तक्षेपको विरोध गरेका थिए । त्यसको केहि दिन पछि परराष्ट्रमन्त्रालयले कुटनीतिक भाषामा प्रचण्डकै कुरामाथि समर्थन जनाउदै बक्तव्य जारी गरेको थियो ।