Swornakshar Logo

चिकित्सकद्वारा आन्दोलनका सम्पूर्ण कार्यक्रम फिर्ता

१९ माघ । काठमाडौं । नेपाल चिकित्सक संघले पूर्वघोषित विरोधका सम्पूर्ण कार्यक्रम फिर्ता लिएको जनाएको छ । डा. गोविन्द केसीले शुक्रबार अनसन कार्यक्रम स्थगन गरेसँगै संघले पनि केसीको समर्थनमा गरेको सम्पूर्ण आन्दोलनका कार्यक्रम फिर्ता लिएको हो ।

संघका महासचिव डा. लोचन कार्कीले शनिबार एक विज्ञप्ति जारी गर्दै आफूहरुबाट भएको बिरोध कार्यक्रमबाट बिरामी, बिरामीका आफन्त, आम सर्वसाधारणहरुमा पर्न गएको असुविधाप्रति क्षमायाचना मागेका छन् ।