Swornakshar Logo

देउवाले डा. केसीलाई भने अनसनबाट छोड्नु होस्

१७ माघ । काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले डा. गोविन्द केसीलाई अनसन छोड्न आग्रह गरेका छन् । आमरण अनसनरत डा. केसीलाई भेट्न शिक्षण अस्पतालमा पुगेका उनले चिकित्सा शिक्षा विधेयक संशोधन गर्न प्रयास गरेपनि आफूहरुले नसकेको बताए । तर डा. केसीको मुद्धामा सधै लड्ने बताए ।
देउवाले भने, ‘तपाईको ज्यान तलमाथि भएपनि सरकारलाई मतलब छैन । हामीलाई भने मतलब छ ।’
देउवाले भने, लामो लडाइँ लड्नुछ, तपाई अनसन छोड्नु होस्।’

डा.केसीले भने केही जवाफ दिएनन् ।