Swornakshar Logo

एक बर्ष पछि दीपक मनाङेले लिए प्रदेश सांसदको सपथ

१४ माघ । काठमाडौं । सोमबार साँझ दिपक मनाङ्गे भनेर चिनीएका राजीव गुरुङले प्रदेशसभा सदस्यको सपथ लिएका छन् ।

मनाङ्गेलाई गण्डकी प्रदेशका प्रदेशसभा सभामुख नेत्रप्रसाद अधिकारीले पद तथा गोपनियताको सपथ खुवाएका हुन् ।

मनाङेले मनाङको प्रदेशसभा ‘ख’ बाट निर्वाचित भएका थिए । उनलाई स्वतन्त्र उम्मेदवार बनेका वाम गठबन्धनले समर्थन गरेको थियो ।
तर, ज्यान मार्ने उद्योगसम्बन्धी पुरानो मुद्दामा सर्वोच्चले गरेको फैसलाका कारण सपथ लिन पाएका थिएनन् । उनले करिव ८ महिना जेल बसे । पछिल्लो समय सर्वोच्चले थुनामुक्त गर्न आदेश दिएपछि छुटेका उनले सपथका लागि निवेदन दिएका थिए ।

सपथका लागि मनाङे सोमबार नै काठमाडौंबाट गण्डकी प्रदेशको राजधानी पोखर पुगेका थिए । सपथ लिएपछि खुशी व्यक्ति गर्दै उनले भने ‘ ९ महिना जेलमा बसेँ, अब केही दिन कुरौं भनेर कुरेको थिएँ ।’

उनले सरकारलाई राम्रो काममा सहयोग गर्ने बताए । मनाङले आफू कुनै पार्टीमा प्रवेश गर्ने विषयमा अहिले नसोचेको प्रतिक्रिया दिए ।