Swornakshar Logo

विराटचौक क्षेत्रमा अनिश्चितकालिन कर्फ्यु

१४ माघ । काठमाडौं । जिल्ला प्रशासन कार्यालय मोरङले बिराटचौकको घटनालाई लिएर निषेधाज्ञ जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी रमेश कुमार केसीले बिराटचौकदेखी बिराटनगर आउने बेलेपुर क्षेत्रमा बिहान पौने ११ बजेदेखि अर्को आदेश जारी नभए सम्म निषेधाज्ञ जारी गरेको जानकारी दिए ।

ट्रिपरको ठक्करबाट एक बालिकाको मृत्यु भएपछि त्यस क्षेत्रको शान्ति सुरक्षा बिग्रने सक्ने अवस्थालाई मध्यनजर गदै निषेधाज्ञ जारी गरेको केसीले बताए ।

घटनामा केही सबारी साधन आगजनी भएको र स्थिति अहिले पुरै नियन्त्रणमा आइसकेको बताउदै प्रजिअ केसीले घटनाको बिषयमा अनुसन्धान हुने र दोषी देखिए कारबाही गर्ने बताए ।

बिराटचौकमा अहिलेसम्म १० वटा ट्रिपरमा आगजनी भएको छ । घटनाको विषयलाई लिएर जिल्ला सुरक्षा समिति मोरङको आपतकालिन बैठक पनि विराटनगरमा बसेको छ।