Swornakshar Logo

ओलीका विरुद्ध शिर्ष नेताले गरे गोप्य बैठक

११ माघ । काठमाडौं । बिहीबार नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का शीर्ष नेताहरुको गोष्य बैठक बसेको छ । प्रधानमन्त्री केपि ओली बाहेकका शिर्ष नेताहरुको ललितपुरको झम्सिखेल स्थित एक घरमा गोप्य बैठक बसेको हो ।

बैठकमा नेताहरुबीच पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा छलफल भएको थियो । सरकारले प्रतिनिधिसभामा प्रस्तुत गरेको राष्ट्रिय चिकित्सा शिक्षा विधेयकलाई पास गर्ने विषय देखि काँग्रेसले गरिरहेको अवरोधका विषयमा समेत चर्चा भएको उच्च स्रोतले बताएको छ ।
नेताहरुको गोप्य छलफलमा सरकारले भर्खरै विभिन्न आयोगहरुमा गरेको सिफारिसको विषयमा प्रधानमन्त्रीले पार्टीमा कुनै छलफल नगरी एकलौटी गरेको भन्दै आक्रोस समेत व्यक्त गरेका थिए । बैठकमा अध्यक्ष प्रचण्ड,वरिष्ठ नेता माधवकुमार नेपाल,झलनाथ खनाल सचिवालय सदस्य बामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ उपस्थित थिए । द्वन्द्वकालिन मुद्दाको विषय उठाएर नेकपामाथि चौतर्फि हमला भैरहेको,मातहतका कमिटी एकीकरण केन्द्रीय सदस्यको जिम्मेवारी कमिटीबाट बनाइएको कार्यदललाई काम गर्न नदिई निकम्मा बनाउन खोजेको भन्दै बैठकमा नेताहरुले अध्यक्ष प्रचण्डसंग गुनासो गरेका थिए ।