Swornakshar Logo

मकवानपुरको झुरझुरे भिडन्तका घाईतेलाई सम्मान

१० माघ । हेटौडा । मकवानपुरको पूर्वी क्षेत्र झुरझुरेमा भएको भिडन्त १३ औं बर्ष प्रवेश गरेको छ । त्यहि अवसरमा सम्मान तथा श्रद्धाञ्जली कार्यक्रम गरिएको छ ।
बागमती गाउँपालिका वडा नम्बर ४ स्थित झुरझुरेमा मंगलवार सोहि सम्झनामा कार्यक्रमको आयोजना गरि घाईते भएकालाई सम्मान तथा सहादत प्राप्त गरेका काशीनाथ लामिछाने लगायतलाई श्रद्धाञ्जली प्रदान गरिएको हो ।

झुरझुरे सहीद पार्क समितिले आयोजना गरेको कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य हरि अधिकारीको प्रमुख अतिथ्य तथा प्रदेश नम्बर ३ का सांसद प्रेमबहादुर पुलामीको बिशेष आतिथ्यता रहेको थियो ।
कार्यक्रममा भिडन्तका घाईतेहरु बागमती गाउँपालिकाका अध्यक्ष सर्केश घलान, जिवन गोले, सुमन पाख्रिन लगायतलाई दोसल्ला ओडाएर सम्मान गरिएको छ ।

प्रमुख अथिति अधिकारीले झुरझुरे भिडन्तको ऐतिहासिक महत्व रहेको भन्दै सहीद र घाईतेको योगदानको राज्यले उच्च मुल्याङ्कन गर्नुपर्नेमा जोड दिए ।
नेकपाका स्थानीय नेता हस्तबहादुर थिङ्गको अध्यक्षतामा भएको कार्यक्रममा बागमती गाउँपालिकाकी उपाध्यक्ष धनमायाँ स्याङ्तान, नेकपाका स्थानीय नेता ज्ञानसागर लामा, जयबहादुर वाईबा, सहिद कल्याणकी श्रीमती भगवती लामिछाने लगायतको आतिथ्य रहेको थियो। माओवादी सेना र तत्कालिन शाही नेपाली सेनाबिच बि।सं। २०६२ माघ ८ गते राती झुरझुरेमा भिषण भिडन्त भएको थियो ।